ट्रेन्डीङ्ग

बुद्ध प्राविका विद्यार्थीलाई पोसाक वितरण

काठमाडौ।काठमाडौं प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ।

काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोशाख वितरण गरेको हो।

मंगलबार एक कार्यक्रमबाबीच कन्सल्टेन्सीका संचालकदोय देवेन्द्र बहादुर कार्की र मुना कार्कीले विद्यार्थीहरूलाई ट्रयाकसुट हस्तान्तरण गरेका हुन।

हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक देवेन्द्र बहादुर कार्कीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबैले सहयोग गर्नुपर्ने बताए।सामुदायिक विद्यालयमा आकर्षण नहुनु र गरिब परिवारका विद्यार्थीहरूले विद्यालय छोड्ने क्रम चलेकाले सामुदायिक विद्यालय रित्तिँदै जान थालेको बताए।उनले भने ‘केही वर्ष यता सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो देखिन्छ।हुने खानेका छोराछोरी निजी विद्यालयमा पठाइरहेका छन् तर हुँदा खानेहरूका छोराछोरीहरू गरिबीका कारणले विद्यालय छोड्न बाध्य छन।

शिक्षा निःशुल्क गरे पनि विद्यालयमा आवश्यक पर्ने किताब कापी कलम पोसाक जुटाउन नसक्दा उनीहरू विद्यालयबाटै बाहिरिन थालेका छन्,यो समस्यालाई सबै मिलेर रोक्नुपर्छ जो सँग छ उसले जति सकिन्छ सहयोग गर्नुपर्छ’कार्कीले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर कार्कीले सहयोग गरेकोमा  कन्सल्टेन्सीलाई धन्यवाद दिए।कार्यक्रममा विद्यालयमा प्रअ जीवनचन्द्र खनालले शिक्षा क्षेत्रको सुधार गर्न विद्यालयमा आकर्षक गर्नुपर्ने बताए।

अभिभावक र सहयोगी मनहरूको सहयोगले सामुदायिक विद्यालयको स्तर सुधार हुनेमा जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal