ट्रेन्डीङ्ग

चितुवाको आक्रमणबाट पाल्हिनन्दनमा दुई जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।

चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं. ६ लंगडिपाकड बस्ने १८ वर्षीय सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

कोइरीको मुख,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो।

घाइतेहरूको पाल्हीनन्दन अस्पताल लोहरौलीमा उपचार भइरहेको छ।चितुवा अहिले पनि सोही बगैँचामा लुकेर बसेकाले वन कार्यालयको प्राविधिक टोली नियन्त्रणको लागि घटनास्थलतर्फ प्रस्थान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?