
परासी।नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक(सन्तोष)सर्वसम्मत चयन हुनभएको छ। बुधवार प्रतापपुरको बेलाटारीमा सम्पन्न १० औ अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो।सुस्ता निवासी पाठक यसअघि युवा संघको उपाध्यक्ष हुनुहुन्थ्यो।
त्यसैगरी उपाध्यक्षमा धन प्रसाद भट्टराई,सचिवमा बिनोद पुन,कोषाध्यक्षमा उमेश सहानी, सहसचिवद्धयमा सन्दिप अधिकारी र सन्देश गुरुङ्ग सर्वसम्मत चयन हुनुभएको युवा नेता युवराज डुम्रेले जानकारी दिनुभयो । अधिवेशनबाट ५५ सदस्यि युवासंघको जिल्ला कमिटि चयन गरिएको छ।