
परासी।नेपाल शिक्षक संघ,नवलपरासी नेतृत्वका लागी भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा हुमिनु भएको छ।
संघको ९औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ।
त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार पाठक र कर्दम कुमार क्षेत्री,सचिबमा इन्द्र बहादुर चौधरी र बसन्त राज पराजुली,अर्थ सचीवमा कुन्जबिहारी चौधरी र पुर्णकान्त गीरी,सहसचिवमा अर्जुन प्रसाद पाण्डे र फुजेल अहमद खाँले उम्मेदवारी दिनु भएको छ।
त्यस्तै जिल्ला सदस्यमा खुल्ला तर्फ ४ जनाका लागी ५ जनाको उम्मेदवारी परेको छ।जसमा बिरेन्द्र कुमार यादव,दिनेश कुमार उपाध्याय,गोविन्द प्रसाद पाण्डे, नारद ठाकुर,ध्रुब आचार्यले मनोनयन दर्ता गराउनु भएको छ।
प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा ४ जनाका लागि ८ जनाको उम्मेदवारी परेको छ।जसमा त्रिभुवन शर्मा ढुङ्गाना,हरि कुमार ढकाल,इन्देश गुप्ता,चुडामणि भण्डारी,दमोदर भण्डारी,प्रदिप कुमार चौधरी,भविश्वर पाण्डे र रमेश कुमार पाण्डेले उम्मेदवारी दिनु भएको छ।भने संघीय महाधिवेशन प्रतिनिधि महिला २ जनाका लागी खगेश्वरी शर्मा,मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी गरि ३ जनाले उम्मेदवारी दिनु भएको छ।
संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा ३ जनाका शुक्रराज भट्टराई,गोविन्द प्रसाद गौतम,बिनोद खनाल,पशुपति चौधरी,चेतनाथ पौडेल,बिनोद ज्ञवाली र दिपक भट्टराई गरि ७ जनाले उम्मेदवारी दिनु भएको छ।