ट्रेन्डीङ्ग

गृह जिल्लामा क्रिकेट टीमका कप्तान पाैडेललाई सम्मान

परासी।पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ।

जिल्लामा विभिन्न क्रियाशिल संघसंस्थाहरुले नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेकाे हाे।

 

 

रामग्राम जेसिज,नवलपरासी क्रिकेट संघ बर्दघाट,सरावल खेलकुद संस्था,राेटरी क्लब अफ नवलपरासी,दैनिक २४ खबर,क्षेत्री समाज नवलपरासी संयुक्त रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरेकाे हाे।

 

 

गृह जिल्ला नवलपरासी आएका नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ।

 

 

 

भर्खर सम्पन्न विश्व क्रिकेट लिड टुमा नेपालकाे तर्फबाट उत्कृष्ट प्रर्दशन गरि यूएलाई हराउदै जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान पाैडेललाई जिल्लाको मानसम्मान बढाउनु भएकाे भन्दै जिल्लामा भव्य स्वागत सहित सम्मान गरिएकाे जेसिजका अध्यक्ष बेनि माधव बस्यालले बताए।

 

 

पत्रकार महासंघका अध्यक्ष हरि शर्माले क्रीकेट खेलमा विश्वकप छनौट पुर्याउनु भएको योगदानलाइ सम्मान गर्दै आगमी दिनमा पनि खेलमा उत्कृष्ट प्रर्दशन गरि जिल्लाकाे गाैरब बढाउनुहुने बिश्वास व्यक्त गरे।

 

 

क्रिकेटमा गरेको उपलब्धिले नवलपरासीकाे प्रतिष्ठा बढेका र आगामी दिनमा थप प्रगाति हुँदै हाेस शुभकामना दिए।

 

नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेलले खेलाडीहरू जित मात्र नभई सम्रग देशकाे जित भएकाे बताए।

 

उनकाे घर नवलपरासी पश्चिमको बर्दघाट  नगरपालिकामा पर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?