ट्रेन्डीङ्ग

जन्मदिनमा बृद्धआश्रम र बिद्यालयमा सामाग्री वितरण

स्याङ्गजा।स्याङ्गजाको गल्याङ नगरपालिका वडा नम्बर ३ मा रहेको हाईवे रेष्टुरेन्ट एण्ड मिष्ठान्न भण्डारका प्रोपराईटर कमल भण्डारीले आफ्नो जन्मदिनमा फजुल खर्च बचाएर गल्याङ नगरपालिका वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्र माध्यमिक बिद्यालय, महेन्द्र आदर्श प्राथमिक बिद्यालय साथै रामनदी धाम राम्दिमा रहेको बृद्धआश्रममा खाद्यान्न तथा कपि कलम वितरण गर्नु भएको हो।

 

महेन्द्र आदर्श प्राथमिक बिद्यालय र नेपाल राष्ट्र माध्यमिक बिद्यालयमा गरेर जम्माजम्मी एक सय पचास जनालाई कपि,पेन्सिल र पेन वितरण गर्नु भएको थियो भने गल्याङ नगरपालिका वडा नम्बर १मा रहेको रामनदि धाम राम्दिमा एक्काईस जना बृद्धहरुलाई खाद्यान्न दाल चामल तेल नुन आलु फलफुल लगायतका बस्तु हरु वितरण गर्नु भएको थियो।

 

उहाँले गल्याङ नयाँ बजारमा हाईवे रेष्टुरेन्ट एण्ड मिष्ठान्न भण्डार संचालन गर्दै आउनु भएको छ।पछिल्लो समयमा प्राय जसो व्यक्तिले जन्म दिनमा फजुल खर्च गर्न भन्दा उदाहरणीय काम गरेको पाईएको छ।कमल भण्डारी व्यापारी साथै सामाजिक अभियान्ता हुनु हुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?