ट्रेन्डीङ्ग

देवदह आदर्श क्याम्पसको स्ववियु सभापतिमा ३ जनाको उम्मेदवारी

देवदह।आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनले राजनीतिक माहोल तातेको छ।शनिबार मनोनयन गरेर विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिएका छन।

रुपन्देही स्थित देवदहको देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)सभापतिका लागि ३ जनाले उम्मेदवारी दिएका छन।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट माधव भट्टराईले उम्मेदवारी दिएका छन।उनी नेविसंघका उम्मेदवार हुन।तस्तै सचिवमा सविता अधिकारी,कोषाध्यक्षमा शिशिर भट्टराई,सदस्यहरूमा सुस्मिता न्यौपाने,रश्मि अधीकारी,दिनेश न्यौपाने,आरती पराजुली,रचना पोखेरलले उम्मेद्वारी दिएका छन।

देवदह आदर्श क्यापसमा केन्द्रीय गठबन्धनअनुरूप भागबन्डा नमिलेपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी एकल चुनावी प्रतिस्पर्धामा जाने भएको छ अखिल क्रान्तिकारीदेखि स्ववियु सभापतिका लागी धनीकुमारी पन्थीले उम्मेद्वारी दिएकी छनभने कोषाध्यक्षमा दिपेश सापकोटा,सचिवमा रबिन न्यौपाने,सदस्यहरूमा सुनिता गैरे,लक्ष्मण भट्टराई,मोनिका सुनारले उम्मेदवारी दिएका छन।

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनले राजनीतिक माहोल तातेको छ।शनिबार मनोनयन गरेर विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिएका छन।


यस्तै एमाले निकट अनेरास्ववियुपनि  निर्वाचनमा एकल रूपमै होमिँदै छ अनेरास्ववियु देखि अर्जुन गैरेले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुनभने कोषाध्यक्षमा सोबराज जैसी,सचिवमा गौराब ज्ञवाली,सदस्यहरुमा रविन परियार,अमृता पाठक,भुवन थापा,लेखिका मल्ल,सरोज गिरि चुनावी प्रतिस्पर्धामा भिडने छन।

२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल २२ जनाले उम्मेदवारी दर्ता गराएका क्याम्पसको स्ववियु निर्वाचन समितले जनाएको छ।

फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।

स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणाली अन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ।

स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो।निर्वाचनमा वि.सं २०५१ चैत १८ गते जन्म मिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal