सुनवल।आगामी चैत ५ गते हुन गईरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन वारेमा क्याम्पसले प्रक्रिया अगाडी नबढाईएको भन्दै महाकवि देवकोटा क्याम्पस सुनवलमा संयुुक्त विद्यार्थी संगठनले तालावन्दी गरेको छ।
स्ववियू निर्वाचन गर्न भनी बिधार्थी संगठनले पटकपटक क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराए पनि निवार्चन प्रक्रिया नै अगाडी नवढाइए पछि क्याम्पसको सबै प्रशासकिय शाखाहरुमा तालाबन्दी गरेको अनेरास्ववियूका ईकाइ अध्यक्ष विनम भण्डारीले बताए।
शुक्रवार नेविसंघ ईकाइ सभापति,अनेरास्ववियूका ईकाइ अध्यक्ष र अखिल क्रान्तिकारीका ईकाइ अध्यक्षले क्याम्पस प्रमुख नारायण प्रसाद ढकाललाई संयुक्त प्रेस बिज्ञप्ती बुझाउदै स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन।
प्रशासकिय शाखाहरुमा गरेको तालाबन्दीलाई बिद्यार्थी आन्दोलनको पहिलो चरण अनुरूप भएको जनाउदै विद्यार्थी संगठनले क्याम्पस प्रशासन चोर बाटोबाट ल्याईएको बिधार्थी परिषद्को नाम लिई स्ववियू निर्वाचनबाट पन्छिन खोजेको र राज्यले दिएको विद्यार्थीको हकअधिकार खोस्न खोजेको आरोप लगाएका छन।
विद्यार्थी आन्दोलनलाई असर पर्ने गरि क्याम्पस प्रशासनले कुनै पनि क्रियाकलाप गरेमा त्यस पश्चात आउने परिणाम प्रति क्याम्पस प्रशासन आफैं जिम्मेवार हुनुपर्ने विज्ञप्तीमा जनाईएको छ।
यता क्याम्पस प्रमुख नारायण ढकालले क्याम्पसको नीति,विधि र प्रक्रिया अनुसार गठन भएको विद्यार्थी परिषदले विद्यार्थीको प्रतिनिधित्वलाई कायम राख्ने भएकाले क्याम्पसमा स्ववियुको आवश्यकता नदेखीएको बताउनुभयो।उहाले आज संयुक्त विद्यार्थीद्धारा प्राप्त विज्ञप्तीलाई भोलिनै छलफलमा लगिने प्रतिक्रिया दिनुभयो।