
काठमाडौं।त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ।राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ।
स्ववियु चुनावको उम्मेदवार बन्नकालागि विभिन्न पार्टीका विद्यार्थी संगठनका नेताहरू कसरतमा जुटेका छन्। काठमाडौंको पुतलीसडक स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ।आरआर क्याम्पसका १७ राजनीतिक संघ संगठनले स्ववियु चुनावकालागि संगठन दर्ता गराएका छन्।
स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी आर.आर क्याम्पस कमिटिले ६ जनालाई सभापतिको उम्मेदवारको रुपमा सिफारिस गरेको छ।२०७९ फाल्गुन २३ गते बसेको अखिल क्रान्तिकारीको पूर्ण बैठकले आकांक्षीहरू सुरेन्द्र बहादुर शाही,शिशिर बस्याल,मदन कठायत,मिनराज पान्डे,डण्ड भन्डारी,सोनी भट्टराइको नाम सिफारिस गरेको हो।
कमिटीले सभापतिहरुको नाम सिफारिस गरेपनी अन्य उम्मेदवारको नाम सिफारिस गरेको छैन । क्रान्तिकारीका एक नेताका अनुसार स्ववियु निर्वाचनमा गठबन्धन हुने सम्भावना उच्च रहेकाले सोही अनुसार नाम सिफारिस गरिने छ।