ट्रेन्डीङ्ग

६० बर्ष पछि जिसस नवलपरासीको भवन निर्माण हुदै

परासी।जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको आफ्नै प्रशासनिक भवन निर्माण बन्ने भएको छ । आफ्नै भवन नहुदाँ ६० बर्षदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा वस्दै आएको जिससको भवनको शिलान्यास आज एक कार्याक्रमका विच जिसस प्रमुख भगौति यादवले गर्नुभयो ।

 

तत्कालिन जिल्ला विकास समितिले खरिद गरेको रामग्राम नगरपालिका ४ परासीमा रहेको २ विगाहा १० कठ्ठा क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको जिल्ला समन्वय समितिले जनाएको छ । रु ७ करोड ९० लाखमा  आकृति पशुपति एभरेष्ट जेभि वुटवल निर्माण कम्पनिलाई दुई तले भनव निर्माणको जिम्मा दिएको जिल्ला समन्वय अधिकारी मान वहादुर खड्काले जानकारी दिनुभयो ।

 

नवलपरासी जिल्ला विभाजन हुनुपुर्व तत्कालिन जिविस कोषमा साढे ७ करोड रुपौया रहेको  र आन्तरिक राजश्व वाँडफाँडबाट प्राप्त भएको उक्त रकम भवन निर्माण लागी वचत गरेर राखिएको रकमबाट भवन निर्माण हुने जिससको भनाई छ।अपुग रकम स्थानिय पालिकाहले सहयाग गर्ने प्रतिवद्धता जनाएको जिससले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?