ट्रेन्डीङ्ग

वालिङमा अधिकारका लागि दलित जागरण भेला सम्पन्न

स्याङ्जा।‘अधिकारका लागि दलित जागरण’ विषयक अन्तरक्रिया तथा प्रारम्भिक भेला स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीबजारमा सम्पन्न भएको छ ।

 

 

‘अधिकारका लागि दलित जागरण’ अभियानका गण्डकी प्रदेश संयोजक प्रकास सुनारले दलित समुदाय माथि गरिएको विभेद जरैदेखि निर्मुल गर्न संयुक्त अन्दोलनको खाँचो रहेको बताउनुभयो।उहाँले दलित तथा गैर दलित समुदायका सचेत युवाहरुले जात प्रथा अन्त्यका लागि मुक्ति या मृत्यु रोज्ने दिन आएको बताउनुभयो ।

 

सुनारले हरेक नागरिकहरु संविधान र कानुन संग परिचित हुन आवस्यक रहेको भन्दै संविधान तथा कानुनको सहि ढंगको पालनाले मात्र विभेद अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा दलित पत्रकार संघ स्याङ्जाका जिल्ला अध्यक्ष नारायण विश्वकर्मा ‘आक्रोश’ दलित मुक्तिका लागि सन्त वा सेना बन्न परेपनि सम्पुर्ण तैयार हुनुपर्ने दावी गर्नुभयो।

 

उहाँले जातिय भेदभावलाई प्रसय दिने सम्पुर्णको अव कलमका माध्यामबाट पनि भण्डाफोर हुने बताउनुभयो।

 

 

उहाँले राजनितिक क्रान्ति भएपनि सामाजिक तथा सांस्कृतिक क्रान्ति नभएकाले परिवर्तनको अनुभुति दलित समुदायले नगरेको भन्दै अर्को ठुलो क्रान्तिको आवस्यकता बढेको बताउनुभयो ।

 

 

भेलाले अमर विश्वकर्माको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।जस्को उपाध्यक्षमा सरिता विश्वकर्मा, सचिवमा उदयराज भण्डारी ‘अतित’, सह–सचिवमा मञ्जली वस्याल,कोषाध्यक्षमा कृष्णकला सुनार, सदस्यहरुमा कुशल वस्याल,सृष्टि विश्वकर्मा, सपना विश्वकर्मा,नारायण विश्वकर्मा रहनु भएको छ ।

 

अन्तरक्रिया तथा प्रारम्भिक भेलामा उपस्थित सम्पुर्णले आफुले भोगेको समस्या र आन्दोलनमा समावेस हुनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?