ट्रेन्डीङ्ग

पुतलीबजार स्थित लत्रेपिपलमा शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण

स्याङ्जा।स्याङ्जाको पुतलीबजार लत्रेपिपलमा जनयुद्धका शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण गरिएको छ ।नेकपा माओबादी केन्द्रका महा-सचिब देब प्रसाद गुरुङले शहिद सप्ताह अन्र्तगत पुतलीबजार नगरपालिका-३, लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका महान शहिद पृथ्बी गौतमको शालिक अनावरण तथा गेटको उद्घाटन गर्नुभएको हो ।

शहिद पृथ्बी गौतम वि.क को शालिक तथा शहिद गेट १४ बर्षमा निर्माण सकिएको छ।गौतमको मृत्यु भएको चार बर्ष पछि अर्थात २०६५ सालमा गेट तथा शालिक निर्माण थालिएकोमा अहिले निर्माण सकेर अनावरण तथा उद्घाटन गरिएको हो।

२०६१ पुस ३ गते पर्वतको भुकताङलेमा तत्कालीन शाहि नेपाली सेनाले १९ बर्षिय गौतमलाई पक्राउ गरी दोहोरो मुडभेडको नाममा हत्या गरेको थियो ।

गेट तथा शालिक संघिय सरकारको १० लाख, पुतलीबजार नगरपालिकाको तीन लाख २० हजार, मोहम्मत सफिकमियाँ संसद कोषबाट ५० हजार र परिवारबाट तीन लाख संकलन गरी १६ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष पानु प्रसाद शर्माले जानाकारी दिनुभयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका महासचिब देब प्रसाद गुरुङले शहिदको बलिदानीले अहिलेको परिर्वतन सम्भव भएको बताउनु भएको छ ।शहिद सप्ताह अन्र्तगत आइतबार पुतलीबजार नगरपालिका-३, लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका शहिद पृथ्बी गौतमको शालिक अनावरण तथा गेटको उद्घाटनका क्रममा गुरुङले शहिदका सपना पुरा गर्न गण्तन्त्रका पक्षधरहरु एक हुनुपर्ने बताउनुभयो ।

गणतन्त्र आएपनि दलित, जनजाती, मुश्लिम तथा अल्प संख्यकको अधिकार सुनिश्चित नभएको बताउदै गुरुङले जनयुद्धका उदेश्य पुरा भएमा सबैले अधिकार पाउने जिकिर गर्नुभयो ।

अहिले जनताले दलहरु आपसी सहमती गरेर अगाडी बढ्ने जनादेश दिएको बताउदै गुरुङले संविधन र गण्तन्त्रको रक्षाको लागि राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सहमती गर्न नसके देशको समृद्धिमा खतरा रहेको बताउदै गुरुङले बिभिन्न बाहनामा बृहत शान्ति सम्झौता उल्टाउने प्रयास भैरहेको बताउनुभयो ।

दलहरुको बिचको एकताले देश अहिलेको अवस्थामा आएको बताउदै गुरुङले पछिल्लो गठबन्धन पनि सहमतिको प्रयास भएको बताउनुभयो।गणतन्त्र र संविधानको अगुवा प्रचण्ड भएको बताउदै गुरुङले प्रचण्डबाटै गणतन्त्र र संविधानको रक्षाको सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, माओबादी केन्द्रका जिल्ला समन्वन समितिका संयोजक प्रकाश न्यौपाने ‘किरण’, वडा नं-३, का माओबादी केन्द्रका अध्यक्ष डिल्लीराम मरासिनी लगायतले मन्तब्य राख्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?