ट्रेन्डीङ्ग

सिस्किन सेकेण्डरी इङलिस स्कुल बडेराको २१ औं बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरामा अवस्थित सिस्किन सेकेण्डरी इङलिस स्कुलले विभिन्न कार्यक्रम सहित २१ औं बार्षिकत्सव एवं अभिभावक दिवस मनाएको छ।

संचालक समितिका अध्यक्ष घनस्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका नेपालका केन्द्रिय सचीव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रिय सचीव न्यौपानेले अहिलेको पाठ्यपुस्तक कक्षा उतिर्ण हुने तर परिणाममुखी नभएकोले व्यवहार एवं प्राविधिक शिक्षाका लागि लगानी गर्नुपर्ने बताउदै सरकारले शैक्षिक पाठ्यक्रम सुधार गर्नुपर्न बताए।

 

कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमितिका पुर्व सल्लाहकार सुमन गोपाल आचार्य,प्याब्सन लुम्बिनी प्रदेश सचीव धनराज चापागाईं,प्याब्सन प्रमुख सल्लाहकार इन्द्र गुरुङ,प्याब्सन नवलपरासी अध्यक्ष गुरुदत्त पौडेल,सुनवल नगर शिक्षा अधिकृत पशुपति भट्टराई,जिसन प्रमुख सल्लाहकार सन्तोष रौनियार,सुनवल प्याब्सनका अध्यक्ष कृष्ण प्रसा शर्मा,विधार्थीको तर्फबाट कक्षा ९ कि लब्ली सुनार लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

कार्यक्रममा बिद्यालयका विद्यार्थीहरुले भेषभुषा प्रर्दशनी विभिन्न नृत्य,समसामयीक जनचेतनामुलक नाटक, वक्तृत्वकला,लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए।सो अवसरमा शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

 

सञ्चालक सदस्य एवं शिक्षक मदन चौधरीको स्वागत मन्तब्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सस्थापक एवं शिक्षक सोमन्त खनालले गरेका थिए।

 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल डम्बर बहादुर गुरुङले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

वि.स.२०५८ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म अध्यापन हुने र हाल करिब ४ सय ५० विद्यार्थी अध्यनरत रहेका प्रिन्सिपल गुरुङले जानकारी दिए।

बार्षिकोत्सव कार्यक्रममा लायन्स क्लब अफ देवदह पाकारीको समन्वय र देवदह मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर संचालन गरेको थियो जस्मा २०० जनाको सुगर प्रेसर चेकजाँच गरिएको प्रीन्सिपल गुरुङले बताए। बार्षिकत्सव भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal