ट्रेन्डीङ्ग

स्ववियु निर्वाचन आचारसंहिता विपरित कार्यक्रम गरेको भन्दै देवदह क्याम्पसमा तालाबन्दी

रुपन्देही।क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ।



शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु ‘निर्वाचन आचारसंहिता विपरित’ टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा ‘तडक-भडक शैली’ मा कार्यक्रम गरेको र त्यसको विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसकेको आरोप लगाउंदै क्याम्पसमा क्रियाशील नेपाली कांग्रेस निकट नेविसंघ,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन।



“चैत ५ गते हुन गैरहेको स्ववियू निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरिसकेको अवस्थामा फाल्गुन १९ गते क्याम्पस हाताभित्र अनेरास्ववियुले तडक-भडक शैलीमा गरेको कार्यक्रमको घोर भत्सर्ना गर्दछौ।” जारि विज्ञप्तिमा उल्लेख छ।





उक्त कार्यक्रमबारे क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ।




क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामासंगै अनेरास्ववियुको दर्ता खारेजीको समेत माग गर्दै विज्ञप्तिमा सहज र सौहार्दपुर्ण वातावरणमा स्ववियू निर्वाचन सम्पन्न गर्न माग गरिएको छ।




विज्ञप्तिमा नेविसंघका ईकाइ सभापति देवीलाल ढकाल,अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष रविन न्यौपाने र अनेरास्ववियूका ईकाइ अध्यक्ष शिशिर भट्टराईले हस्ताक्षर गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal