ट्रेन्डीङ्ग

गजल-सिर्जना खनाल

“गजल “

रामले जित्छ अनि बल्ल पो रावणको हार हुन्छ।
कुन पागल मान्छेले भन्यो पानीको आकार हुन्छ।।

बस्त्र बिना जन्मन्छौ अनि बस्त्र बिना मरेर जान्छौ ।
मनको राम्रो हुनु अनुहारको लाखौं श्रृङ्गार हुन्छ ।।

सबै पराइ हुन् बन्छन् आफन्ती धन भयो भने।
औषधि दिने हुदैन जब गरिब बिमार हुन्छ।।

को मर्योको बाँच्यो कसैले वास्ता गर्दैन याहाँ।
जब बासी खबरको ताजा अखवार हुन्छ ।।

मरेर कुन मान्छेले पैसा बटुलेर लैजान्छ र ?
मर्नु बेर हो मरेपछि त जलाउन हतार हुन्छ।

सिर्जना खनाल
गल्याङ्ग :- ९ बेलचौर स्याङ्जा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?