ट्रेन्डीङ्ग

महाकवि देवकोटामा साइवर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण

परासी।जिल्ला प्रहरी कार्यलय नवलपरासीले महाकवि देवकोटामा साइबर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ।

बढ्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित महाकबी देबकोटा नमुना बिधालयम अध्ययनरत कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई साईबर अपराध र त्यसबाट पर्ने प्रभावका बारेमा अभिमुखिकरण गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनु भयो।


समुदाय प्रहरी साझेदारी,प्रहरी बिधालय सम्पर्क कार्यक्रम अन्तरगत ११ र १२ का बिद्यार्थीहरुलाई डिएपी भोजराज पाण्डेले अभिमुखिकरण गर्नु भएको इप्रका सुनवलका प्रमुख बिण्णु पौडेलले जानकारी दिनुभयो।


अभिमुखिकरणमा ईन्टरनेट भनेको के हो ? सामाजिक संजाल भनेको के हो ? ईन्टरनेट के के गर्न सक्छौ ? सामाजिक संजालका फाइदा र साईबर दुर्व्यवहार परेमा के गर्ने भन्ने बारेमा अभिमुखिकरण गरेको डिएपी पान्डेले बताउनु भयो।


बिधालयले बिद्यार्थीहरुको पाठयक्रम सङसङै बर्तमान समयलाई मध्यनजर गर्दै विभिन्न सचेतनाका कार्यक्रमलाई समेत प्राथमिकता दिदै आएको प्रअ खेमलाल जोशी शर्माले बताउनु भयो।


बिद्यार्थीका अतिरिक्त क्रियाकलाप र ज्ञान अभिबृद्दीका लागि ब्यावस्थापकिय पक्षलाई समेत विशेष ध्यान दिदै आएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञान हरि अर्यालले बताउनु भयो।


बिधालयमा २२ सय बढि बिद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal