ट्रेन्डीङ्ग

महङ्गी,भ्रष्टाचार विरुद्ध नवलपरासीमा विप्लव नेकपाको प्रदर्शन

परासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीमा बिरोध प्रदर्शन गरेको छ।नेकपाले महङ्गी,भ्रष्टाचारी र चर्को बैक ब्याजदर लघुवित्त र मिटर ब्याजका विरुद्ध प्रदर्शन गरेको हो।

 

 

रामग्राम -१७ पट्खौली चोकबाट बढ्दो महगी नियन्त्रण गर ,कालो बजारी नियन्त्रण गर, भ्रष्टाचारीलाई कार्वाही गर,मिटर ब्याजिलाई कार्वाही गर,लघु बित्तको चर्को ब्याज नियन्त्रण गर,किसानलाई मल व्यवस्था गर ,महिला हिंसा बन्द गर जस्ता नारा लगाउदै  बजार परिक्रममा गरि सोही चोकमा पुगि कोणसभामा परिणत भएको जिल्ला सेक्रेटरी प्रतापले जानकारी दिए।

 

 

 

सो कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज कमल सिले लघुबित्तले चर्को व्याज लिएर गरिब जनतालाई झन् गरिब बनाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको आरोप लगाउनु भयो।सरकारले जनता सग समन्यवन नगर्दा मिटर ब्याजका समस्या जस्ताका त्यसै भएकोमा बताए ।

 

 

 

उक्त बिरोध प्रदर्शनको कार्यक्रम संचालन जिल्ला कार्य समिति सदस्य लोकमानले संचालन गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?