ट्रेन्डीङ्ग

केपी ओलि सुपर प्रधानमन्त्री बन्न खोजे:नेका नेता पौडेल

परासी।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले केपि ओलि सुपर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाए।

 

माओबादी र एमालेको सरकार लामो समय नटिक्नुमा आपसी समझदारी नहुनु र प्रधानमन्त्री भन्दा पनि केपि ओलि सुपर प्रधानमन्त्री बन्न खोज्दा एमाले र माओवादिको गठबन्धन भत्किएको बताए।

 

 

प्रेस युनियन पश्चिम नवलपरासीले आज भुमहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन।

 

 

पौडेलले रास्ट्रपतिको निर्बाचन अगाडीनै काङ्ग्रेस सरकारमा सहभागी हुने बताएका छन।आठ दलिय गठबन्धन बिच मन्त्रालय बाडफाडमा सहमती भएको छ। उनले भने केहि दिनमानै महत्त्वपूर्ण मन्त्रालय सहित हाम्रो पाटी सरकारमा जादैछ। अन्य दलपनि सहभागी हुनेछन।

 

मुलुक आर्थिक सन्कटमा जाँदै गरेको भन्दै यो बेला राष्ट्रिय सहमती खोज्ने तर्फ सबै दल लाग्नु पर्ने बताए।

सन्चारकर्मीहरुको जिज्ञासामा युवा नेता पौडेलले काङ्ग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरेको भएपनि अब त्यसलाई सच्याएर अगाडी बढ्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal