ट्रेन्डीङ्ग

जनसेवा माविमा २ कोठे भवनको शिलान्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवल ६ विसासयमा अवस्थित जनसेवा माध्यमिक विद्यालयको २ कोठे भवनको शिलान्यास गरिएको छ। सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेकी हुन।

 

 

 

भवनको शिलन्यास गर्दै नगर प्रमुख अर्यालले जनसेवा स्कुल यस क्षेत्रकै नमुना विद्यालय भएकाले आगामी दिनमा अझ उत्कृष्ट बनाउनु लागि पर्ने बताइन।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन नाथ कवरको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा सुनवल वडा नं ६ का वडाध्यक्ष दिलिप चापागाई, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक,शिक्षिका लगायतको उपस्थिति रहेको थियो।

 

 

आज शिलन्यास गरिएको दुई कोठे भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत साढे २२ लाख लागतमा निर्माण हुने विद्यालयका प्राचार्य रमेश पौडेलले जानकारी दिए।

 

 

सुनवल नगरको एक मात्र प्राविधिक विद्यालय जनसेवा माविमा हाल १२ सय विद्यार्थी अध्ययनरत छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal