ट्रेन्डीङ्ग

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा थानप्रसाद गैरे निर्वाचित

परासी।खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा थानप्रसाद गैरे निर्वाचित हुनुभएको छ । महासंघको आज प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट पश्चिम नवलपरासीका गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ प्रदेश कार्य समिति चयन भएको हो ।


गैरे यसअघि महासंघको लुम्बिनी प्रदेश संयोजक हुनुहुन्थ्यो । नवगठित प्रदेश समितिको उपाध्यक्षमा दाङका हस्तबहादुर गुरुङ,महासचिवमा रुपन्देहीका शालिकराम भण्डारी, कोषाध्यक्षमा बाँकेकी उषा थापा, सचिवमा गुल्मीका मार्कण्ड भण्डारी चयन हुनुभएको छ ।


यसैगरी सदस्यहरुमा पश्चिम नवलपरासीबाट नारायण पाण्डे, रुपन्देहीबाट केशव न्यौपाने, रीता अर्याल,अनिषा पौडेल,कपिलवस्तुबाट नैनीकला रेग्मी,नुनबहादुर बिसी, बर्दीयाबाट कमानसिंह ओली,कृष्णा कुमारी शर्मा, पाल्पाबाट टीकाराम पोखरेल,अर्घाखाँचीबाट कमला न्यौपाने भूषाल, दाङबाट बलदेव मल्ल,उमा बस्नेत, मिश्रीलाल गुप्ता,बाँकेबाट भगवती अधिकारी,रोल्पाबाट चन्द्रभरण थामी लगायत चयन हुनभएको छ । यस्तै लेखा समितिको संयोजकमा कपिलवस्तुका रेश्मीराज अधिकारी, सदस्यमा बाँकेका कञ्चन गौतम निर्वाचित हुनुभएको महासंघका प्रदेश सदस्य नारायण पाण्डेले जानकारी दिनुभयो ।

 

यसअघि महासंघको अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले प्रदेश खानेपानी ऐन निर्माणको तयारीमा रहेको बताउनुभयो । त्यसका लागि सुझाव तथा समस्याहरु सम्बोधन गर्नुपर्ने भए सुझाव दिन मन्त्री आचार्यले आग्रह गर्नुभयो ।

 

महासंघको प्रगति प्रतिवेदन पेश गर्दै प्रदेश संयोजक गैरेले महासंघले सरोकारवालाहरुसँग सहकार्य गर्दै खानेपानी र सरसफाइको क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउनुभयो ।

 

२०७५ चैतमा महासंघको तदर्थ समिति गठन भएपश्चात प्रदेशभर ५८ वटा महासंघका शाखा बिस्तार गरिएको बताउँदै अध्यक्ष गैरेले लुम्बिनी प्रदेशका ९७ स्थानीय तहका २८० स्थानीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु आवद्ध रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा महासंघमा आवद्ध तथा यस क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal