ट्रेन्डीङ्ग

पन्चनगर बजार बिकास समितिद्वारा फोहोर बर्गीकरण तालिम सम्पन्न

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको पन्चनगर बजार बिकास समितीले फोहोर वर्गीकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ।

तालीममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने लक्ष्यका साथ काम गरिएको बताउनु भयो।श्रेष्ठका अनुसार-“घरबाट निस्किने फोहोर घरमा नै व्यवस्थापन गर्न सके सफा र सुन्दर नगर बनाउन सकिन्छ।”फोहोर व्यवस्थापन गर्न फोहोरको वर्गीकरण गरि फोहोरलाई कुहिने, नकुहिने र सिसा जन्य गरि व्यवस्थापन गर्न सकिने बताउनु भयो।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्य, ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं,१० का कार्यवाहक अध्यक्ष बिस्वराज घिमिरे, ११ का वडा अध्यक्ष फरिन्द्र चौधरी बोल्दै फोहोर व्यवस्थापनमा आम नागरिकको महत्वपूर्ण भुमिका रहन्छ।

घर घरबाट निस्किने फोहोरलाई घरैमा वर्गीकरण गर्न सिकाउने उद्देश्यले फोहोर वर्गीकरण सम्बन्धि तालिम सञ्चालन गरिएको पन्चनगर बजार बिकास समितीका अध्यक्ष रामजि चापागाईंले बताउनु भयो।

बर्दघाट वाड नम्बर ८,९,१० र ११ का वडा सदस्य, टोल बिकास समितीका सदस्यहरु र स्थानीय गरि एक सय जनाको उपस्थिति रहेको चापागाईंले जानकारी दिनु भयो।

बजार बिकास समितिका उपाध्यक्ष जयस्वर भुसालले स्वागत र महासचिव इन्द्रजित चौधरीले संचालन गर्नु भएको थियो।

 

कार्यक्रममा मोहन न्यौपानेले फोरोह व्यवस्थापन र वर्गीकरणमा सहजीकरण गर्नु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?