ट्रेन्डीङ्ग

निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कृत

सुनवल।गत माघ २ गते लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कार वितरण गरिएको छ।सुनवल स्थिति देवकोटा नमुना माविको सभा हलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको हो।
देवकोटा नमुना मावि सुनवलका शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक बिकास डिभिजन कार्यलय भैरहवाका प्रमुख दिवाकर भण्डारी,देवकोटा माविका प्राचार्य खेमलाल जोशी शर्मा लगायतको उपस्तिथिमा पुरस्कार बितरण गरिएको शिक्षक यानराज तिमिल्सिनाले जानकारी दिए।


लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय
सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशको आवश्यकता र महत्व विषयमा संचालन भएको रुपन्देही र नवलपरासी व.सु.प. जिल्लाका सामुदायिक माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी विचको निबन्ध लेखन प्रतियोगिता सहभागी भएका थिए।

उक्त प्रतियोगितामा देवकोटा नमुना माविकि दिपा थापा प्रथम भएकी थिइन त्यसैगरि नवजीवन मावी बर्दघाट कि स्वस्तिका पौडेल द्दितिय,तृतीय र सान्त्वना क्रमशःजनसेवा मावी सुनवलकि दिव्या पाण्डे,लुक्ठहवा मावी मायादेवी रुपन्देहीकि सपना यादव र रमवापुर मावी सुनवलकि ईशा क्षेत्री भएकी सामाजिक बिकास डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?