ट्रेन्डीङ्ग

गण्डक नहरमा हाम फालेका तीनै जनाको शलले बाधेको अवस्था शव भेटियो

परासी।नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन।

नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन।

हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि एकसय मिटर तल तीनै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए।

आफ्नो दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बाँधेर नहरमा हाम फालेको उनले बताए। उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्।आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गण्डक नहरमा हाम फालि २ छोरा सहित आमा बेपत्ता

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal