ट्रेन्डीङ्ग

बर्दघाटमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

बर्दघाट।बर्दघाट नगरको आयोजनामा तेश्रो नगरस्तरिय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

 

 

 

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा संघिय सांसद विनोद चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो।

 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद विनोद चौधरीले“खेलकुदले मानिसलाई समय व्यवस्थापनका साथै भविष्यमा आउन सक्ने चुनौतिका विषयमा तयार पनि गर्दछ।खेलकुदको ज्ञानले भविष्यमा एक्लै वा समूह जहाँपनि आवस्यकता अनुसार आफुलाई तयार गर्न सहजता प्रदान गर्दछ ।

 

 

एउटा राम्रो खेलाडी बन्नु भनेको भविष्यमा जुस सुकै क्षेत्रमा पनि सफलता प्राप्त हुने आधार तयार हुनुहो” चौधरीले भनेका छन।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संसद सरिता भुषाल खनालले खेलकुदले समाजमा मिलेर बस्न सिकाँऊने बताए।उनले खेलकुदको माध्ययमबाट विद्यार्थीले अनुसासनका साथै समाजमा मिलेर बस्न प्रेरित गर्ने विचारको प्रेरक पनि बन्ने जिकिर गरेका थिए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रवत्ता सन्तु गाहाले नगरले खेलकुद संगसंग नगरको आवस्यकतामा पनि ध्यान दिन आग्रह गरेका थिए।उनले नगरलाई खेलकुद हब बनाउने भन्दा पनि कृर्षिमा सिँचाईमा पनि लगानी गर्न आग्रह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष शम्भुलाल श्रेष्ठले यस किसिमको कार्यक्रमले नगरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोगि भूमिका खेल्ने हुदाँ सहभागि सम्पूर्ण विद्यालयहरुलाई धन्यवाद प्रकट गरेका थिए।

तिन दिनसम्म चल्ने खेलकुद प्रतियोगिताको सञ्चालन सरस्वती माविका प्रअ सोमनाथ अधिकारीले गरेका थिए भने कार्यक्रमलाई स्वागत सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्वराज जमरकट्टेलले गरेका थिए।

कार्यक्रममा १९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ।आज भलिबल खेलको उद्घाटन गर्दै उद्घाटन समारोह समापन गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal