ट्रेन्डीङ्ग

सांसद भण्डारीको उपचारका लागि देश बाहिर लैजान अस्पतालको सुझाव

काठमाडौं।नेपाली कांग्रेसका नेता एव माननीय डा.चन्द्र भण्डारीको सघन उपचार कक्ष(आइसियु)मा उपचार भइरहेको छ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उहाँ र उहाँका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो।हिजो राति आफ्नै निवास बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उहाँहरु घाइते हुनुभएको हो।

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहनुभएका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिनुभयो।उहाँका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal