ट्रेन्डीङ्ग

डा.गैह्रेको”एक्लै एक्लै जीवन संग”म्युजिक भिडियो सार्वजनिक

काठमाडौ।डा.योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम”एक्लै एक्लै जीवन सँग”को म्युजिक भिडियो सार्वजनिक गरेका छन।

म्यूजिक भिडियोले रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ।

गीतको निर्माताको रुपमा डा.गैह्रेकै श्रीमति ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय,स्वर र निर्देशन र संवाद डा.योगेन्द्र गैह्रे गरेका छन भने गीतलाई करुण थापाले सिर्जना गरेका हुन।

उक्त गीतमा न्ह्यू बज्राचार्यको सगींत,प्रडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाकंन तथा भिडियोलाई प्राविधक सहयोग फोटो/भिडियो एज्रा श्रेष्ठ र त्यस्तै सुरेश श्रेष्ठले भिडियोलाई संयोजन गरेका छन।

कला र संगितमा पारिवारिक पृष्ठभुमि भएरपनि होला पारिवारिक कथावस्तु र डा.गैह्रेकै आफ्ना २ छोराको अभिनय रहेको म्यूजिक भिडियोले प्रवासमा रहेर नेपालीहरुले पनि परिवारसगं कसरी जीवन व्यतित गर्छन् भन्ने वास्तविकता बोलेको छ ।

नेपालको पुखौली घर स्याङ्जा भएका डा.गैह्रे बेलायतको साउथ ह्यान्टममा स-परिवार सहित बस्दै आएका छन।

भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?