
गैंडाकोट।पुर्वी नवलपरासीको गैडाकोटमा महिला शशक्तिकरण,अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सको आयोजनामा र गैंडाकोट नपाको संयोजनमा नगरपालिका भित्रका करिव २०० महिलाहरुलाई महिला शशक्तिकरण,अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम भएको हो।
गैंडाकोट नपा उपप्रमुख शान्ति कोइरालाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राम प्रसाद भुसाल,प्रसान्त राज धमला र शिव प्रसाद भुसाल प्रशिक्षण दिनु भएको थियो।
वडा अध्यक्ष रत्न प्रसाद सापकोटा,जेसिसका पुर्व राष्ट्रीय उपाध्यक्ष शिव प्रसाद भुसाल,महालक्ष्मी ईन्स्योरेन्सका प्रतिनिधि लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन गोबिन्द घिमिरेले गर्नु भएको कार्यक्रम संयोजक एवम गैंडाकोट नगरपालिका कार्यपालिका सदस्य शान्ति न्यौपानेले जानकारी दिनु भयो।
शशक्तिकरणको माद्यामबाट महिला हरुलाई सशत्त गराउदै आत्मनिर्भर बनाउने गरि आगामी दिनमा थप कार्यक्रमहरुको लागि पहल गर्दै जाने संयोजक एवं कार्यपालिका सदस्य न्यौपानेले बताउनु भयो।