ट्रेन्डीङ्ग

सुनवलमा नमुना युवा संसद अभ्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नमुना युवा संसद अभ्यास गरिएको छ।

 

सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल महायज्ञ माविको व्यवस्थापनमा नमुना युवा संसद अभ्यास गरिएको हो।

गत माघ २४ गतेदेखि धान्याचल मावि बडेराको हलमा सुरु भएको उक्त अभ्यास कार्यक्रममा माघ २७ गते शुक्रबार संसदको अभ्यास कार्यक्रम समापन गरेका हुन।

 

कार्यक्रममा युवाहरुको समूह बनाइ दलको नामाकरण गरेका थिए त्यसैगरी प्रधानमन्त्री,मन्त्रीहरु र सत्ता पक्ष र बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए संसद बैठक जस्तै:देखिने उक्त दृश्यमा भने सुनवल नगरपालिका कार्यपालिकाको शिक्षा शाखाले पहिलो पटक आयोजनामा गरेको नमुना युवा संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको थियो।

सांसदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम,विकास निर्माण,रोजगारी,युवा नीति निर्माण, सामाजिक विकृति र विंसंगति, लागूपदार्थ दुव्र्यसनी,युवा सीप रोजगार,युवामा सूचना प्रविधिको पहुँच,युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैंङ्गिक विभेद, दाइजोप्रथा,विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम,साइवर क्राइम र यसको नियन्त्रण,प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा सरकारको काममा आफ्नो धारणा तथा प्रश्नहरु राख्छन।

 

त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन थाले।

 

 

राष्ट्रपति,सभामुख स्मृति पाण्डे,प्रधानमन्त्रीमा निशा थापा मगर,सभामुख,शिक्षा,विज्ञान र प्रविधि मन्त्रीमा निराजन कुर्मी,पुर्वाधार मन्त्री बिकास क्षेत्री, युवा तथा रोजगार मन्त्रीमा दिपा तिवारी,आर्थीक बिकास मन्त्रीमा इमरान खान,फोहोर मैला व्यवस्थापन मन्त्रीमा बिना गाहा मगर,मानव संसाधन मन्त्रीमा सिमा गिरि प्रमुख प्रतिपक्ष दलको प्रमुखमा बिनम भण्डारी लगायतको भूमिका रहेको थियो।सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद गठन गरिएको थियो।सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने,सत्ता पक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने लगायतका कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन।

 

भविष्यमा युवाहरुलेनै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवस्यक रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु गोतामेले बताए।सुनवल नगरपालिका शिक्षा शाखाको आयोजनमा पश्चिम नवलपरासीका ७ ओटै स्थानीय तहको प्रतिनिधित्व हुने ४० जना युवायुवतीहरुले देश चलाउने संसद अभ्यास गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?