ट्रेन्डीङ्ग

प्रथम बिग बुद्ध नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक ‘रातो’लाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ मा प्रथम बिग बुद्द कप प्रथम नकआउट फुटव प्रतियोगितामा आयोजक रातो बिजय भएको छ।

निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा नव नेपाल किसान क्लबलाई पेनाल्टी सुट आउटमा आयोजक टिम’रातो’ले ४ विरुद्ध ५ गोल गर्दै आयोजक’रातो’बिजय भएको हो।

बिग बुद्द क्लबको आयोजनमा गत माघ ९ गतेदेखि सुरु भएको प्रथम बिग बुद्द नक आउट फुटवल प्रतियोगितामा नव नेपाल किसान युवा क्लव दबिल्ला र आयोजक बिग बुद्द कप”रातो” बिच पूरा समयमा खेल कुनै पनि टिमले गोल गर्न सक्दा टाइब्रेकरमा प्रवेश गरेको थियो।

यो सगै बिजेता टिमले १ लाख ५ हजार रुपैयाँ र उपबिजेता टिमले ६१ हजार ५ सय रुपैयाँ नगद सहित शिल मेडल प्रमाण पत्र गरेका छन।

 

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले खेल क्षेत्र र खेलाडीको बिकासका लागि स्थानिय,प्रदेश र संघिय सरकारकाले खेलाडीको क्षमता आर्थीक र व्यक्तिव्त लागि पर्ने बताए। सांसद बस्नेतले आगमी दिनमा खेल क्षेत्र र खेलाडीको बिकासलाई सदैव लागि पर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो।

सर्वाधिक गोल कर्ता नव नेपाल किसान क्लबका अमित मल्ल,उत्कृष्ट गोल किप्पर निरज मल्ल,उत्कृष्ट खेलाडी सुरज चौधरी,उत्कृष्ट मिड फिल्डर एलिस मगर,उत्कृष्ट संजय मगर,म्यान अप द म्याच एलिस मगरले हासिल गरेका थिए।उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई ५ हजार नगद,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

 

प्रतियोगितामा नवलपरासी र रुपन्देही जिल्ला तहका ए डिभिजन सहित आयोजक टिमको ‘रातो’ र ‘निलो’ गरि १७ टिमको सहभागीता रहेको थियो।

 

समापन कार्यक्रम क्लबका अधक्ष्य संजिव लामाको अध्यक्षता सगै सुरु भएको कार्यक्रममा स्वागत ह्यापी नाथ कुवरले गर्नु भएको थियो भने संचालनको बिष्णु पान्डेले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal