ट्रेन्डीङ्ग

नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी नेपालगन्जको अध्यक्षमा पाठक

नेपालगन्ज।नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लिमिटेड नेपालगन्जमा कृष्णाकुमारी पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ।

 

सहकारीको शनिबार नेपालगन्जमा सम्पन्न १०औं अधिवेशनले पाठक अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

 

सहकारीको उपाध्यक्ष गणेशप्रसाद पाठक,सचिव विकास कोइराला,कोषाध्यक्ष लालबहादुर शाह,सदस्यहरु प्रेमप्रकाश उपाध्याय,शान्ति गौतम र नन्दकुमार वर्मा चयन भएका छन।

 

अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजक भीमप्रसाद बराल,सदस्यमा टंकनाथ पौडेल र तारादेवी धामीलाई निर्वाचित गरेको छ।

 

२०५२ सालमा स्थापना भएको सहकारीमा १ हजार १३२ सदस्य छन।सहकारीमा ५ करोड ९६ लाख ५८ हजार ५९० कूल निक्षेप रहेको छ।

 

सहकारीले २ करोड ६४ लाख ८८ हजार रुपैयाँ ऋण लगानी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal