ट्रेन्डीङ्ग

अयाेध्यामा नेपाल हाउस बनाउने मुख्यमन्त्री याेगीकाे प्रतिवद्धता

काठमाडौं।नेपालकाे सिमासंग सटेकाे भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन्।
हिजाे रामकाे शालिग्राम जनकपुर हुदै अयाेध्या पुगिसकेपछि कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग लखनऊस्थित आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको कालीगण्डकीबाट रामसिताको प्रतिमा बनाउन ल्याइएको देवशिलाले पनि राम-सीतालाई जोडेको बताए ।

 

भेटमा मुख्यमन्त्री आदित्यनाथले राम जन्मभूमि अयोध्यामा “नेपाल हाउस” बनाउने प्रतिबद्धता व्यक्त गरेको नेता शाहले जानकारी दिए । ‘सीता माताविना अयोध्या अधुरो छ । सीतालाई समेट्ने नेपाल हो । मिथिला हो । नेपाली भक्तजनलाई समेटेर अयोध्यामा नेपाल हाउस निर्माण हुन्छ,’ मुख्यमन्त्री आदित्यनाथको भनाइ उद्धृत गर्दै नेता शाहले जानकारी दिए ।

 

नेपाली प्रतिनिधिमण्डलले नेपाल र भारतलाई अवध र मिथिलाको सम्बन्धले जोडेको भन्दै नेपाली भक्तजनलाई निशुल्क भोजन र आवासको सुविधा हुनेगरी नेपाल हाउस बनाउन मुख्यमन्त्री योगीसँग माग गरेका थिए।

 

‘भेटमा मैले भर्खरै नेपालको कालीगण्डकीबाट रामललाको प्रतिमा बनाउन ल्याइएको देवशिलाको महत्व र दुई देशबिचको सांस्कृतिक संम्बन्धका साथै अयोध्यामा नेपाल हाउस बनाउन हुन आग्रह गरेको छु,’ शाहले भने।

 

मुख्यमन्त्री आदित्यनाथले जवाफमा सीताविना केही पनि पूर्ण नहुने भन्दै नेपाल हाउस भवन बनाउने प्रतिबद्धता जनाएका हुन् । उत्तर प्रदेश सरकारले अयोध्यामा अन्तर्राष्ट्रिय एयरपोर्टसहितकाे स्मार्ट धार्मिक सिटी बनाउँदैछ । त्यसमा सीताविना सबै अधुरो हुने भन्दै नेपाल हाउस भवन बनाउने प्रतिबद्धता योगीले गरेका छन।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका स्टार प्रचारकका रुपमा रहुनुभएकाे मुख्यमन्त्री आदित्यनाथ याेगीसंग पुर्व सांसद शाहकाे पुरानै सम्बन्ध रहेकाले यसभन्दा पहिलाका भेटमा पनि नेपाल-भारतबीचका सम्बन्ध , ड्राइपाेर्ट निर्माण , इमिग्रेसन सेनेटर र दुई देशबीचका सुरक्षासम्बन्धी मुद्दाहरुमा छलफल हुँदै आएकाे थियाे ।

 

याेगीलाई भेट्न नेपाली प्रतिनिधिमण्डलमा नेपाल फाउण्डेशनका अध्यक्ष विकास ठाकुर,अनन्त अनुराग लगायतका पत्रकारसमेत पुगेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal