ट्रेन्डीङ्ग

स्याङ्जाका बस्याल होटल व्यबसायी सघंं रुपन्देहीको सदस्य पदमा उम्मेदवारी

गोपिकृष्ण रेग्मी ,फागुन १३ स्याङ्जा  । स्याङ्जाको चापाकोटमा जन्मिएका लक्ष्मण बस्यालले होटेल व्यबसायी संघ रुपन्देहीको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

करिब १५ बर्ष देखि होटल व्यवसाय गर्दै आएका बस्यालले बुटवल कालिकानगरमा क्लासिक इन्टरनेशनल साथै चापाकोटमा होटेल द क्लासिक सन्चालन गर्दै आउनुभएको छ ।

बस्याल नेपाली कांग्रेस निकटका उम्मेदवार हुन भने उनि जीवन प्रसाद श्रेष्ठ नेतृत्व रहेको नेपाली काङ्ग्रेस र प्रचण्ड नेपाल समुहको सयुक्त प्यानलमा चुनावी मैदानमा उत्रीएका छ्न।

समावेशी गरि काम गर्ने उम्मेदवारहरु भएका कारणले रुपन्देहीको होटेल व्यबसायिको चुनाव नेपाली काङ्ग्रेस सहितको संयुक्त प्यानलले जित्ने होटल व्यबसायिहरु ढुक्क रहेको बस्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?