![](https://safalpost.com/wp-content/uploads/2023/02/IMG-20230201-WA0038.jpg)
परासी।पश्चिम नवलपरासी प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य वरावरको राजश्व संकलन गरेको छ।
जसमा ४ करोड २ लाख १५ हजार १६० मुल्य अवैध रुपमा भन्सार छली ल्याएको मालसामानको मात्र रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
उहाका अनुसार ११ लाख ८६ हजार २५० मुल्य वरावरका अवैध नदिजन्य पदार्थ उत्खनन कारवाही र १५ लाख २९ हजार ३५५ मुल्य वरावरको अवैध वन पैदावार रहेको छ ।
यस्तै गत पुष १७ देखी यही माघ १८ गते सम्मको एक महिनाको अवधिमा मात्र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले कुल १ करोड ७३ लाख १८ हजार ७६७ मुल्य वरावरको राजश्व संकलन गरेको सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । उहाका अनुसार सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ करोड ६८ लाख २८ हजार ७६७ मुल्य वरावरको भन्सार छली ल्याईएका चिनी, विभिन्न किराना सामान,हार्डवेयरको समान,लत्ता कपडा,ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया बरामद गरेको छ ।
वरामद सामान सहित ति सामान ओसारपसारमा संलग्न ५ जना मानिस,१२ मोटरसाईकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिएको पाण्डेयले बताए । उहाका अनुसार बरामद गरीएका ति सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको छ।
यस्तै पछिल्लो एक महिनाको अवधिमा पश्चिम नवलपरासी प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न २२ ट्याक्टर नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका ति ट्याक्टरबाट ३ लाख ४२ हजार ५ सय मुल्य वरावरको राजश्व संकलन भएको र नियन्त्रणमा लिएका ति ट्याक्टर आवश्यक कारवारहीका लागि सम्वन्धित स्थानीय तहमा पठाइसकिएको सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए।
यस्तै प्रहरीले सोही अवधिमा १ लाख ६२ हजार ५ सय मुल्य वरावरको अवैध काठ वरामद गरी डिभिजन वन कार्यालय बुझाएको छ।