ट्रेन्डीङ्ग

पितृसत्तात्मक राज्यमा नारिको अस्तित्व

फाल्गुन २४ बुटवल । अन्तर्राष्ट्रिय महिला श्रमिक तथा नारी दिवस ..हाम्रो समाज यस्तो समाज हो जहाँ मानवता वा न्याय खोज्न गोर्खा जाउ भनेर सल्लाह दिइन्छ । परापुर्वकाल देखि नेपाली समाजमा यस्तो विकृति हावी भएको छ कि महिलाहरु पुरुषको आदेशमा चल्नुपर्ने, पुरुषनै सर्वश्रेष्ठ , पुरुष नै भगवान , पुरुष नै सबथोक यस्तो प्रकारको समाज जन्मेको म पुरुष। म आफै पुरुष भएर यी कुरा लेखिरहदा आफैलाई लज्जित बनाउछ । परम्परा , रितिथिती ,चालचलन , धर्म आदिको नाममा जुनकिसको कुरिती हावी भएको छ त्यो अमानवीय र क्रुर छ । महिलाहरु जब गर्भमा हुर्केका हुन्छन त्यहा पहिलो पटक उनिहरुको स्वतन्त्रता खोसिन्छ ! यदि गर्भमा छोरा छ भने खुसीका आवजहरु यो पितृसत्तात्मक समाजमा गुन्जिरहेका हुन्छ्न भने छोरी भए पुर्वजन्मको पाप सम्झिने यो पितृसत्तात्मक ब्यवस्थामा गर्भपतन गराइन्छ । यस्तो खालको क्रूर मानवीय सोच ,बिचार रातारात अचानक पैदा भएको होइन र यो रातारात परिवर्तन हुन पनि असम्भव छ । छोरी प्रतीको वा स्त्री प्रतिको यस्तो खालको क्रूर बिचार अन्त कतै वाट आगमन भएको हैन यो हाम्रै समाज ,चालचलन , रितिथितीबाट जरा गाड्दै हुर्किदै आएको छ । हामीले जति जरा गाड्न दिइयो त्यतिनै यसले आफ्नो उचाइ तीब्र तरिकाले वृद्धि गर्दै जानेछ । एउटा सुन्तलाको रुखमा अर्को बिरुवाले जन्म लिएर जसरी त्यो सुन्तलालाई फल दिन र हुर्किनुमा असर गरेको हुन्छ त्यसरी नै यो समाजमा नारीलाई हुर्किन वा स्वतन्त्र भएर अघि बढन पितृसत्तात्मक ब्यवस्थाले असर गरेको छ । एउटा नारी प्रगतिशील हुदैमा समग्रमा नारीहरु परिवर्तन भए भनेर कदापि भन्न मिल्दैन किनकि परिवर्तन पात्र बाट हैन ब्यवस्था बाट सम्भव छ ।

” एउटा महिला रास्ट्रपति भएकै कारण
कहिले सम्म एउटै कुरा दोहोराउछौ
अब त महिलाले पनि चुलो छोडे सके
के साच्चिकै छोडे कै हुन त चुलो ।। “

नेपाली समाज अरु समाज भन्दा भिन्दै खालको ब्यवस्थामा हुर्किएको छ । हाम्रो समाजले छुट्टै किसिमको पृष्ठभुमि बोकेको छ । अहिले जसरी दिन प्रती दिन महिलाहरु बलात्कारित हुँदै गएका छ्न जो इतिहास कै तीब्र गतिमा भएको महिला माथिको दुव्र्यवहार हो । जसरी भुसमा आगो सल्किन्छ त्यसरी नै स्त्री माथिको दुव्र्यवहार फैलिएको छ । न्यायको लागि हजारौं पटक न्यायको दैलो हाने पनि न्याय भेटिएको छैन । न्यायको लागि दैनिक जसो बिरोध , प्रदर्सन भइरहेकै छ यसले के पुष्ठि गर्छ भने यो ब्यवस्था बाट महिला मुक्ती सम्भव छैन ।
निधारमा कालो पट्टी बाधेर दिनहुुँ न्यायको लागि गरिएको बिरोधले के जनाउछ?
दिक्क भएर महिलाहरुले न्यायको लागि नाङ्गो शरीर प्रदर्सन वा बिरोधिले के जनाउछ?
दिनहुुँ महिला मुक्तिको लागि गरिएको सडक नाटकले के जनाउछ ?
दिनहुुँ महिलाहरु बलात्कारित भएको तथ्यांकले के जनाउछ ?

“महिला सोच्छौ होला सबै पुरुष बलात्कारि
कोहि त तिम्रै न्याको लागि लडिरहेछ्न
पुरुष सोच्छौ होला सबै महिला वेस्य
कोहि त तिम्रो अस्तित्व जोगाइरहेछ्न ।। “


समग्र दुव्र्यवहार र अनैतिक विषयलाई उठान गर्ने हो भने ब्यवस्था नै असफल भएको कुरा विभिन्न क्षेत्रमा आवद्ध बुद्धिजीवीले चित्रण गरेका छ्न । यहीँ ब्यवस्था हो जहाँ महिलाहरु पहिलो पटक रजस्वला हुँदा घर बाट पर छाउ गोठमा लगिन्छ ! यही ब्यवस्था हो जहाँ चलनको नाममा कलिलो उमेरमा किशोरी कुमारी प्रथाको भागेदार हुन पुग्छिन ! यस्तो खालको कुरिती , चलन भएको हाम्रो समाजमा सजिलै महिला मुक्तिको विषय सम्भव छैन ।

“हटाउ कुरिती जालो बुलन्द बनाउ मुक्तिको आवज
बाध कफन हुरिले पनि टोड्न नसकोस तिम्रा तागत
आउ मैदानमा हटाउ ब्यवस्था प्रतिको अनैतिक सोच
बोल्न मनाइ छ इसाराले बोलाउ भुलिदेउ अब बिगत।”

नेपालमा विभिन्न किसिमका आन्दोलन भए , विभिन्न घटनाहरु , विभिन्न कालखण्ड , विभिन्न मुक्तिका आन्दोलन भए तर महिला मुक्तिको लागि त्यति धेरै परिवर्तनका खुड्किला चड्न सकेन । कुनै पनि आन्दोलनले प्रमुख मागलाई त सम्बोधन गर्छ नै तर महिला मुक्ति वा अन्य विषय बस्तु लाई आन्दोलनको बाछिटोले छुन पर्ने हो तर प्रमुख मागलाई नै छुन नसकेको आन्दोलनले महिला मुक्तिलाई कसरी छोला र ?

“” गर्नु पर्छ संघर्ष दुखहरु पार हुन जेल
बोल्नु पर्छ आफ्नै काध भार हुन जेल
नारि बोल्न तिमी लाई मनाइ भए पनि
नडराउ तिमी खुकुरिमा धार हुन जेल !””


हो नारीहरु खुकुरी हुन । जब सम्म खुकिरिमा धार हुन्छ तब सम्म डर मान्नु पर्दैन । यहाँ धार भन्न्नाले तिम्रो सृष्टि जोगाउने भुमिकालाई बुझाउछ । जब सम्म तिम्रो खुकुरीमा धार छ तब सम्म कुनै शक्तिले तिमिलाइ हर्न सक्दैन त्यसकारण बाध कफन आउ मैदानमा । शब्दमा चुलो छोडेका नारिहरु लाई साच्चिकै चुलो छोडाउनु छ ! कोटा खोज्ने नारिको प्रवृत्तिलाई हटाइ कोटा खोसाउनु छ ! गुमिदै गएको नारिको अस्तित्व जोगाउनु छ ! निधारमा नाम्लो मात्र हैन मुक्तिको कालो कफन बधाउनु छ ! बिवाहामा कन्णादान दिने बेला मारे पाप पाले पुण्य वाला श्लोक हटाउनु छ र पशु हैन मानव हौं पाल्न पर्दैन भनेर एउटा श्लोक सुनाउनु छ ! छोरी बिनाको संसार अस्तित्व हिन छ भनेर पाठ सिकाउनु छ ! पशु हैन छाउ घर लाग्नु पर्ने भन्दै एउटा पाठ सिकाउनु छ ! बोझ हैनौ गर्भ मै हत्या गराउन भनेर एउटा पाठ सिकाउन छ ! छोरिले पनि पारिवारिक जिम्मेवारी पूरा गर्न सक्छ्न भनेर देखाउनु छ ! मेसिन हैनौ मानव हौ भनेर पहिचान देखाउनु छ ! एउटै खुट्टाले उभिन्छ्न भन्नेहरुलाइ लाई दुबैले खुट्टा टेकाउनु छ ! त्यसैले आउ निधारमा कफन बाधेर खोसिएको आफ्नो अस्तित्व जोगाउ ।

” बन्द नगर ती गाजेलु परेलाहरु
बन्द नगर ती मन्द मुस्कानहरु
बन्द नगर ती बाण झै ओठहरु
बन्द नगर ती मृगका झै नयनि
बन्द नगर ती हरिणका झै चालहरु
बन्द नगर ती रगताम्य हात हरु
बन्द नगर ती मयुरका झै कानहरु
किनकि यहाँ बोल्न पाइदैन अब इसाराले बुझाउने हो , इसाराले बिरोध गर्ने हो , इसारा बाटै अधिकार खोस्ने हो ।(लेखक:पवन ज्ञवालि कालिका क्याम्पस बुटवलका बिद्यार्थी हुन् ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal