ट्रेन्डीङ्ग

सुनवल मेला:ज्योती मगरको प्रस्तुतिले दर्शन झुमे

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी दोस्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको सातौ दिन चर्चित गायिका ज्योति मगरले बेजोड प्रस्तुति दिएकी छ्न्।

गायिकामगरले,पिरतीमा दम छ,जिम्मल बाकी छोरी, कान्छी मुसुक्कै पैसा भुसुक्कै,सहित अन्य गीतहरु गाउँदै उपस्थित दर्शकहरुलाई नचाएकी थीइन्।मगरको प्रस्तुति हेर्नकै लागि अन्य दिनको तुलनामा हालसम्मकै धेरैले दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ।

ज्योति मगर संगै आधुनिक गायक रबि रिमाल, लोक दोहोरी गायक बिक्रम बाबु,डिजे साथमा विद्यालय स्तरिय दोस्रो डान्स आइडल,विभिन्न जातजाती हरुको मौलिक नृत्य प्रस्तुती,स्थानिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरू झुमेका थिए ।

मेलामा बालकदेखि बृद्धसम्मका व्यक्तिहरू कलाकारहरूको प्रस्तुती सँगै रमाएका थिए।सुनवल उद्योग वाणिज्य संघको आयोजनामा गत माघ १० गतेदेखि मेला सोमनाथ हाटबजारको परिसरमा भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal