ट्रेन्डीङ्ग

सिद्दार्थ बहुद्देशिय सहकारी सस्थाको आयोजनामा सहकारी शिक्षा शिविर सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नपा -१२ स्थित सिद्दार्थ बहुद्देशिय सहकारी सस्थाको आयोजनामा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ। सस्थाको २५ औं बार्षिक उत्सव एव रजत जयन्ती मूल समारोह समिति संस्थाका अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता एबम जिल्ला सहकारी सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सहकारी शिक्षा शिविर सम्पन्न भएको हो।कार्यक्रमको उद्धटान जिल्ला सहकारी सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेले गर्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै बचत सहित उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।सुस्ता गाउपालिकाका अधिकृत बुद्ध प्रकाश पौडेलले सहकारी र सेयर सदस्यको काम,कर्तव्य र अधिकार  के हो,सहकारीमा लागेर सहकारीको कुरा किन सुन्नु पर्छ र सहकारीका ७ वटा सिद्धान्त बारेमा प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष पेउ नारायण न्यौपाने,लुम्बिनी प्रदेश कृषि सहकारी सस्थाका सदस्य उपेन्द्रमान प्रधान सस्थाका व्यस्थापक यमुनादेवी पाण्डे लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो।सहकारी शिक्षा शिबिरमा सहभागी भएका १ सय जना शेयर सदस्यहरुलाई सस्थाका पूर्व अध्यक्ष पेउनारायण न्यौपानेले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

सस्थाका उयाध्यक्ष जयराम बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिव रमेश पराजुलिले गर्नुभएको थियो ।

भोलि अर्थात दोश्रो दिन  माघ १७ गते सहकारीद्वारा गठित महिला सशक्तिकरण उपसमिति अन्र्तगत गठित १६ वटा टोल समितिका सदस्यहरुलाई प्रदान गरिने नेतृत्व विकास तालिमान नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले प्रहिक्षण दिनुहुनेछ। सोही दिन आर्थिक विकासमा सहकारीताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता हुने  सो प्रतियोगितामा २६ विद्यालयको सहभागिता रहने अध्यक्ष पाण्डेयले बताउनुभयो । त्यसैगरि समापनको दिन अर्थात माघ १८ गते सहकारीका सस्थापक अध्यक्ष स्व. नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगददान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal