ट्रेन्डीङ्ग

जसपा नवलपरासीद्वारा शहिद परिवार एव विभिन्न आन्दोलनका घाईतेलाई सम्मान

परासी।पश्चिम नवलपरासीमा शहिद परिवार एव विभिन्न आन्दोलनमा घाईते भएकालाई सम्मान गरिएकाे छ।

शहिद दिवसकाे अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले शहिद परिवार एवं बिभिन्न आन्दोलनमा घाईतेहरूलाई सम्मान गरेको हाे।

जसपाका अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षयता तथा एव पुर्व रक्षाराज्य मन्त्री एव जसपाका केन्द्रीय सदस्य रामबच्चन यादवकाे प्रमुख आथिथ्यतामा भएकाे सम्मान कार्यक्रममा बाेल्दै यादवले सरकारले शहिदहरू बाेकेकाे सपना पूरा गर्न नसकेको बताए।

शहिदले देखाएकाे बाटाे हिड्नु भन्दा राजनीति दलहरू सत्ता चलखेल लागेकाे बताए ।शहिदहरूले देखाएकाे बाटाेमा हिड्न सबै राजनितीक दलहरूलाई यादवले आग्रह गरेका थिए ।

सम्मान कार्यक्रममा जनआन्दोलन शहिद भएका बिष्णु पाण्डेकाे धर्मपत्नी भागिरथी पाण्डेले सहिदका सपना राज्यले बिर्सिएकोमा दुख व्यक्त गरेकी थिईन।

उनले भनिन् राज्यले शहिदको बलिदानलाई अपहेलना गर्यो,जुनसुकै बाहानामा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र पैसामा शहिद परिवारलाई सहिदको रगतमा कुल्चिएर सत्ताको भागबन्डा मिलाउन मरिहत्ते गरिरहेका आक्रोश व्यक्त गरिन।

मधेश आन्दाेलन,थारूहट जनआन्दोलन शहिद परिवार,१० बर्ष जनयुद्द र घाईतेहरूलाई सम्मान गरिएकाे जपसा नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिए।

उनकाे अनुसार मधेश आन्दाेलन,थारूहट जनआन्दोलन शहिद परिवार,१० बर्ष जनयुद्द र घाईतेहरूलाई गरि ९० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएकाे अध्यक्ष यादवले बताए।

कार्यक्रममा नेपाली काग्रेस पाटिका कार्यवाहक सभापति बिक्रम यादव,एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य बिमल पौडेल,लोसपा जिल्ला अध्यक्ष मुकुल गिरी,जनमत केन्द्रिय सदस्य बालगोबिन्द चौधरी लगायतले बोलेको जसपाका मदन यादवले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?