ट्रेन्डीङ्ग

ब्यक्ति विशेषका लागि मात्र कानुन निमार्ण र संसोधन हुदैनःमन्त्री प्रधान

परासी।कानुन न्याय तथा संसदीय मामीलामन्त्री धुब्र बहादुर प्रधानले कुनै एक ब्यक्ति वा सस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संसोधन नहुने बताउनुभएको छ ।

मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासीका आउनुभएका मन्त्रीलाई रेडियो परासीले आयोजना गरेको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा बोल्दै प्रधानले यस्तो बताउनु भएको हो।

नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई रिहागर्नका लागि सत्ता साझेदार दलहरुबीच सहमती भएको हो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री प्रधानले सर्वदलिय सहमती र जनताले न्याय र कानुनी शासनको अनुभुती गर्ने गरी नयां कानुन र नितीगत योजना तर्जुमा हुने बताउनुभयो।

पत्रकारहरुको जिज्ञासामा प्रधानले मुलुकमा सुशासन,दण्डहिनताको अन्त्य र कतिपय विकास निमाणर्को काममा समेत अहिले मौजुदा रहेको कानुन अपुरो र समय सान्र्दभिक नभएको भन्दै विज्ञ सहितको अनुसन्धान र अध्ययनपछि नागरिक र सुसासन मैत्री कानुन निमाणर्को काम सुरु हुने बताउनु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal