
कपिलवस्तु।रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता,बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल,क्लबका एजी प्रेम भुर्तेल,सेन्ट्रल बुटबलका पुर्व अध्यक्ष बाबुराम भट्टराईको विशिष्ट आतिथ्यतामा उक्त शिविर सम्पन्न भएको हो।
बाणगंगा बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको उक्त शिविरबाट करिब २ सय जनाले सेवा लिएका छन।महिला रोग,बाल रोग,जनरल फिजिसिय,दाँत रोग,प्रयोगशाला लगायतका सेवाको लागि बुटबलबाट ४ जना विशेषज्ञ डाक्टरहरुको उपस्थिती रहेको थियो।
उक्त शिविरमा भिडियो एक्सरे र प्रयोगशाला सेवामा ५० प्रतिशत छुट समेत दिइएको थियो।
उपाध्यक्ष तोपनारायण बेलबासेको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको संचालन भने क्लब सचीव बेदुराम पोख्रेलले गर्नुभएको थियो।