ट्रेन्डीङ्ग

चौध वर्षमुनिको पाँचौँ अर्चले फुटबल प्रतियोगिता भोली सुरु हुँदै

नुवाकोट। यसवर्षको चौध वर्षमुनिको सेभेन ए साइड पाँचौँ अर्चले फुटबल प्रतियोगिता भोली सुरु हुँदैछ । कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा हुँदै आएको प्रतियोगितामा यस वर्ष ८ टोली सहभागी हुने आयोजकले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ०६ घेदुङ खेलमैदानमा हुने प्रतियोगिताका विजेताले ट्रफि मेडलसहित ५ हजार नगद र उपविजेताले मेडल प्रमाणपत्रसहित २५ सय नगद प्राप्त गर्नेछन् ।

१४ वर्षमुनिका स्थानीय बाल खेलाडीको क्षमता बढाउन र फुटबलप्रतिको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।

गतवर्षको प्रतियोगितामा आयोजक कन्चना देउराली युवा क्लवलाई हराउँदै दी मालिका युवा क्लब विजयी भएको थियो।

नेपाल घेदुङ आधारभूत विद्यालयको सहआयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल भोलि बिहान ८ बजेबाट सुरु हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal