ट्रेन्डीङ्ग

स्थानीय तहले सहकार्य गरेर एकीकृत बिकास निर्माण काम अगाडि बढाउनु पर्ने

परासी।स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन।पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको सचिवालयले आयोजना गरेको विकासका प्राथमिकता निर्धारण सम्बन्धि विज्ञ सहितको अन्र्तकृयामा सहभागीले दिगो विकासका लागि गुरु योजना सहित एक भन्दा बढी स्थानीय तहले संयुक्तरुपमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन।जिल्लाका सांसद,स्थानीय जनप्रतिनिधी,प्रदेश योजना आयोगका पदाधिकारी र जिल्लाका सरकारी कार्यालयलका प्रमुखहरुले टुक्रे योजना धेरै भएकाले बजेट मात्र खर्च हुने तर विकास निमाणर्को दिर्घकालिन काम हुन नसकेको र स्थानीय तह,प्रदेश र केन्द्रिय सरकारको समन्वय हुन नसकेको सहभागीले बताएका थिए। विकासको प्राथमिकता पहिचान गरेर निर्वाचन क्षेत्र र जिल्लाभरीमा ठुला र महत्वपुर्ण योजना निमार्ण,लगानिको सुनिश्चितता गरेर एकिकृत विकासको मोडलमा अगाडी बढ्ने र त्यसका लागि योजना बनाउन लागिएको नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले बताए।कार्यक्रममा सहभागीले जनप्रतिनधीले मतदाताको मन बुक्राउन टुक्ते योजनामा बजेट विनियोजन गर्नुभन्दा प्राथमिकताको आधारमा दिर्घकालिन रुपमा फाईदा हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए।नेपाली काग्रेसका नेता एवंम पुर्व गृहमन्त्री बालकृष्ण खाडंले स्थानीय तह,प्रदेश र केन्द्र सरकारबीच नै समन्वयको अभाव तथा विकास निमाणर्को योजनाले जनताको आवश्यक्ता पहिचान गर्न नसक्दा समस्या बढेको र यसका लागि विकास निमार्णको आवश्यक्ता,स्रोतको पहिचानलाई नै पहिलो प्राथमिकतामा राखेर योजना निमार्ण गर्नुपर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?