ट्रेन्डीङ्ग

गायक पौडेलको “बरु म त रुँदै रुँदै जिउँला” बजारमा

काठमाडौं।लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा ल्याएका हुन् ।

उमंग म्यूजिक प्रा.लि.को अडियो तथा भिडियो रहेको गीतमा गायक पौडेलको र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीतमा सप्तऋषी म्यूजिकका सञ्चालक तथा संगीतकार ऋषी खड्काले संगीत भरेका छन् ।

शिव पौडेलको शब्द रहेको`बरु म त रुँदै रुँदै जिउँला´बोलको गीतमा कमल सौरागको एरेन्ज रहेको छ। मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रेकर्ड भएको गीतको रेकर्डिङ गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेकोे निर्माता टोलीले जनाएको छ ।
गीतको अडियो सम्पादन भने कुमार रानाले गरेको उत्पादक कम्पनी उमंग म्यूजिकले जनाएको छ । यस्तै, भिडियो तर्फ कपिल लामाद्वारा निर्देशित गीत गीतमा पुरुशोत्तम पौडेल,सृष्टि वाग्ले र नेत्रप्रसाद काफ्लेको अभिनय देख्न सकिन्छ ।

करन चैशिरले छयांकन गरेको गीतमा अमृत चापागाईंले भिडियो सम्पादन तथा कलर गरेका छन् । गीतको पाेष्ट प्रोडक्शन भने उमंग फिल्मस् नेपालले गरेको छ ।

भिडियो :-

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?