ट्रेन्डीङ्ग

अन्नपूर्ण मोडेल कलेजमा खेल सप्ताह सप्पन्न

बुटवल।अन्नपूर्ण मोड्ल कलेज बुटवलमा खेल सप्ताह सप्पन्न भएको छ।कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हरुको पढाई सङ सगै खेलकुदको माध्यमबाट पनि क्षमता अभिबृद्धी गर्ने उद्देश्य सहित खेल सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख अमृत लम्सालले जानकारी दिनुभयो।

अन्नपूर्ण मोडेल कलेजमा अध्ययनरत बिद्यार्थी अध्ययनका अलबा खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्षम रहेको कलेजका अध्यक्ष डा.धर्मराज भट्टराईले बताउनु भयो।साथै अन्नपूर्ण मोडेल कलेजमा अध्ययनरत विद्यार्थीहरु बर्तमान बजारको मागलाई सम्बोधन गर्न सक्ने गरि उत्पादन भैरहेको अध्यक्ष भट्टराईको दाबी छ।

खेल सप्ताह मा फुटबल,भलिबल,क्रीकेट,कबड्डी,ब्याट्मिन्ट्न,रसाकसी लगायतका खेलहरु सप्पन्न भएको कलेजका संयोजक लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।

मन्टेश्वरीदेखि स्नातकोत्तर तह सम्म पठनपाठन हुने कलेजमा यहि शैक्षिकसत्रमा बि ए /बि एस ड्ब्लु र स्नातकोत्तरमा ग्रामीण बिकास विषयमा भर्ना कार्यक्रम संचालन भैरहेको कलेज प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?