
नवलपरासी।पश्चिम नवलपरासीमा मापदन्ड पूरा नगरी सन्चालनमा रहेका ६ वटा क्रशर उद्योग वन्द गरिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार जिल्लामा मापदण्ड विपरित सञ्चालन गरिएका क्रसर तथा बालुवा वाशिङ उद्योग वन्द गराईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाका अनुसार सुनवल ११ को इन्दे्रणी क्रसर उद्योग, बर्दघाट १३ को ओम बालुवा प्र्रशोधन उद्योग , सुस्ता ५ को ओम गिट्टी क्रसर उद्योग, सरावल २ को मामाभान्जा गिट्टी प्रशोधन तथा निर्माण सामाग्री प्रालि, चाईना स्टेट कन्स्ट्रक्सन,. र हुलाकि सडक आयोजना अन्र्तगत सञ्चालित उद्योगलाई शनिवार देखी बन्द गराइएको छ । वन्द गरिएका उद्योगलाई आवस्यक कागजात सहित भोलि मंगलवार सम्म उपस्थित हुन निर्देशन दिइएको छ । जिल्लामा कुल ७ वटा क्रसर उद्योग रहे पनि सुनवल ४ मा रहेको लुम्विनी रोडा क्रसर उद्योग यस अघि नै वन्द छ ।