ट्रेन्डीङ्ग

लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापनवारे विप्लव नेकपाको ध्यानाकर्षण

सुनवल।विप्लव नेतृत्वकोनेपाल कम्युनिष्ट पार्टी सुनवल नगरसमितिले पछिल्लो समय लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापन वारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी नगर समिति सेके्रटरी भिम बहादुर सिंले शनिवार एक विज्ञप्ती जारी गर्दै चिनी मिलको प्रदुषण नियन्त्रणको माग गर्दै आन्दोलित पिडित जनतासंग ऐक्यवद्धता जनाउदै व्यवस्थापनले त्यस्ता हर्कतहरुको अविलम्व कार्यान्वयन गर्नूपर्ने माग गर्नुभएको छ।

विज्ञप्तीमा भनिएको छ “पश्चिम नवलपरासीको सुनवल स्थित लुम्विनी चिनी उद्योगमा केही दिनदेखी देखिएको व्यवस्थापनको गैर जिम्मेवार हर्कत सिधा जनताको शारिरीक अवस्थामा आँच पुग्ने देखीएको हुँदा हाम्रो पार्टी ने.क.पा सुनवल नगर समितिको ध्यानाकर्षण भएको र आन्दोलीत पिडित जनतासंग ऐक्यवद्धता जनाउदै व्यवस्थापनले त्यस्ता हर्कतहरुको अविलम्व कार्यान्वयन गरोस।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?