
पाल्पा।रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफांट नजिकै राहादी गैरा भन्ने स्थानमा दुर्घटनामा परेको वडा अध्यक्ष रेम बहादुर रानाले जानकारी दिनुभयाे।
वडा अध्यक्ष रानाका अनुसार मृतकहरु सबै रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेका रहेकाे जानकारी दिनुभयाे।ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो।
रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धारमा कठिनाइ भएकाे वडाध्यक्षले जानकारी दिनुभयाे । १८ जना घाईतेहरुलाई उपचारका लागि बुटवल पठाईएको उहाँले जानकारी दिनुभयाे।
दुर्घटनामा परेको उक्त बस सडकबाट ५०/६० मिटर तल अप्ठेरो भिरमा खसेको र रातको समय भएकोले क्षतीको एकिन बिवरण पाउन नसकिएको उहाँले जानकारी दिनुभयाे।