ट्रेन्डीङ्ग

लुम्बिनी चीनी मिल संचालक र स्थानिय बिच ४ बुद्दे सहमती,मिलमा लगाइएको ताला खुल्यो

सुनवल।पश्चिम नवलपरासिको सुनवलमा संचालित लुम्बिनी चिनि मिलका संचालक र स्थानिय बिच ४ बुद्दे निर्णय सहमती भए पछि उधोगमा लगाइएको ताला खुलेको छ।

उधोगले वातारण प्रदुषण गरेको भन्दै मंगलबार सुनवल नगर प्रमुख सहितको नेतृव्तमा स्थानिय बासिन्दाले उधोगमा ताला लगाएका थिए।

आज बुधबार लुम्बिनी चिनी उद्योगको परिसर भित्र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललेको उपस्थितिमा लुम्बिनी प्रदेश सभा सदस्य खडक बस्नेत,सुनवल नगरप्रमुख बिमला अर्याल,निवर्तमान नगरप्रमुख भरत थापा,सुनवल उधोग बाणिज्य संघका अधक्ष्य रमेश कर्मचार्य र मिलको तर्फबाट धनन्जय मिश्र संचालक मन्यक अग्रवालको उपस्थितिमा वातावरण प्रदुशण न्यूनिकरण गर्ने सम्बन्धी विषयमा ४ बुद्दे निर्णय सहित ताला खुलेको हो।

उधोग र स्थानिय बिच भएको सहमतिमा उद्योगले जडान गरेको प्रदुषण नियन्त्रक मेसिन परिक्षण गर्नका लागि ५ दिन परिक्षणको रूपमा संचालन गर्ने,उक्त अवधिमा प्रदुषण भए नभएको अनुगमन गर्ने,प्रदुषण नियन्त्रण नभएको खण्डमा पुन:उद्योग र स्थानियहरु विच छलफल गर्ने उद्योगको डिस्टिलरी वाट निस्कने कालो पानी(स्पेण्ड वास)नियंत्रण गरी बाहिर बग्न नदिने,स्पेण्ड बास वाट निस्कने गंध न्युनिकरण गर्ने,अर्थात गंध रहित बनाउने र विगतमा भएका सम्झौताहरु कायान्वयन गर्ने सहितको निर्णय भएको हो ।

लुम्बिनी चिनी मिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्ने गरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थमाथि गम्भीर खेलबाड गरेको भन्दै सुनवलका स्थानियहरुले बिरोध स्वरूप चिनिमिलको गेटमा पुष १९ गते ताला लगाएको थिए।

उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुकासाथै लगाएका तरकारी र घरभित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छन् ।सहमती पत्र:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?