
गुल्मी।गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्।
घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल खसेकी थिइन्।शवलाई अहिले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउदै गरेको प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए।