
बुटवल।इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।
‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आईजीपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी नेतृत्वको टिमलाई बुटवल पठाएका छन् । आइतबार साँझ ब्युरोको टोलीले उनलाई आन्तरिक नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो । छानबिनका लागि डिएसपी नेतृत्वको टोली बुटवल पठाएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी उत्तम राज सुवेदीले बताए । उनले भने-‘प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ, त्यसबारे छानबिन भइरहेको छ ।’
पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् । उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा ‘घुस’ बार्गेनिङ गरेको उजुरी परेको छ ।











