
दाङ्गको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा मंसिर २० गते गोलि प्रहार गरी लुटपाटको प्रयास गरेको ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले पक्राउ गरेको छ।
केसिलाई पुस ४ गते शुक्रबार राजपुर गाउँपालिका-१ मारुनी खोला क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
दाङ जिल्ला अदालतले ८ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।











