ट्रेन्डीङ्ग

लमहीमा सुनचाँदी पसलमा लुटपाट प्रयास गर्ने युवक पक्राउ

दाङ्गको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा मंसिर २० गते गोलि प्रहार गरी लुटपाटको प्रयास गरेको ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले पक्राउ गरेको छ।

केसिलाई पुस ४ गते शुक्रबार राजपुर गाउँपालिका-१ मारुनी खोला क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।

दाङ जिल्ला अदालतले ८ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal